४ असार २०८३, बिहिबार । June 19, 2026

गण्डक ब्यारेजमा पानीको सतह खतराको तहमा पुग्यो, सतर्क रहन आग्रह


२२ असार २०८१, शनिबार  

237
Shares

काठमाडौं । निरन्तरको बर्षासँगै आएको बाढीले त्रिवेणीस्थित गण्डक ब्यारेजमा पानीको सतह बढेको छ ।

शनिबार बिहान साढे ७ बजे त्रिवेणीस्थित जलमापन केन्द्रले दिएको सूचनाअनुसार पानीको सतह करिब १० मिटरको लेभलमा पुगेको छ । त्यहाँ पानीको सतह ११ मिटर पुगेपछि खतराको तह भन्ने बुझिन्छ । लगातारको झरीले नारायणी नदी र त्यससँग जोडिएका खोलमा बाढी आएका कारण गण्डक नदीमा पानीको सतह बढेको हो ।

गण्डकबाट भारतले उत्तर प्रदेश र बिहारमा सिचाइँकालागि पानी लगेको छ । बिहार र उत्तरप्रदेशका क्षेत्रमा डुबानको खतरा बढेपछि भारतले गण्डक ब्यारेजका ढोका खोल्ने गर्छ । प्रहरी चौकी त्रिवेणीका अनुसार गण्डक ब्यारेजमा सबैजसो ढोका केही माथि उचालिए पनि पुरै खोलिएको छैन ।

भारतमा डुबानको खतरा बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलेर नदीमै पानी पठाइन्छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा