कास्की । प्राचीनकालमा बैज्ञ नामका ऋषिमुनीले तपस्या गरेको एतिहासिकस्थल शीतल गुफालाई धार्मिक पर्यटकीय रुपमा विकास गरी अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न स्थानीयवासीले माग गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यानस्थित झोवाङ्गमा अवस्थित शीलत गुफा एतिहासिक रुपमा महत्व राखे पनि प्रचारप्रसारको अवभामा ओझेलमा परेको गुनासो स्थानीयवासीको छ । एतिहासिक शीतल गुफालाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यले…