काठमाडौं । शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा बस र इलेक्ट्रिक माइक्रोबस ठोक्किँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुनेमध्ये गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका ४२ वर्षीय राजबहादुर गुरुङको मात्र पहिचान खुलेको छ। अन्य तीन पुरुष र एक महिलाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् ।…