तनहुँ । पृथ्वीराजमार्गको तनहुँ–१ सडकखण्ड पूर्णरूपमा बन्द गरिएको छ । आज तनहुँ क्षेत्र १ मा हुने उपनिर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ५ बजेदेखि साँझ ६ बजेसम्मका लागि यातायात सञ्चालनमा रोक लगाएको हो । मुग्लिन पुलबाट व्यास नगरपालिकाको चापाघाटसम्म, डुम्रे–बेँसीसहर सडकखण्ड, आँबुखैरेनी–गोरखा सडकखण्ड, दमौली–दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडकमा यातायात बन्द रहने छ…