मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । प्रदेशसभाको आजको बैठकमा सभामुख बाबुराम गौतमले मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतमाथिको प्रस्तावका पक्षमा ४६ र विपक्षमा ४३ मत प्राप्त भएको जानकारी दिए । प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ४७ मत आवश्यक हुन्छ । प्रदेशसभामा आजको बैठकमा कुल सङ्ख्या…