जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार ढलेको छ। बुधबार मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेपछि सरकारले विश्वास गुमाएसँगै सरकार ढलेको हो। विपक्षमा भने ५३ मत परेको थियो। सरकार रहिरहन ५४ मत आवश्यक थियो तर यादवले ४ मत कम पाए। बुधबार प्रदेशसभामा १०३ सांसद उपस्थित थिए।…