२२ फाल्गुन २०८१, बिहिबार । March 7, 2025

पहिरोका कारण पुनः अवरुद्ध भयो अरनिको राजमार्ग

काभ्रेपलाञ्चोक । निरन्तरको बर्षाका कारण सडक हिलाम्य हुँदा अरनिको राजमार्ग पुनः अवरुद्ध भएको छ । वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग आज पुनः अवरुद्ध भएको हो । स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले…