काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले जनताको काम गरेर नै नेपालीहरुको मनमा बस्न सफल भएको बताएका छन् । मंगलवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा सहभागी उनले नेकपा एमाले जनताको काम गरेर नै उचाईमा पुगेको बताएका हुन् । उनले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले सकारात्मक प्रतिक्रिया दिइरहेको पनि…