काठमाडौं । सरकारले हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल तथा समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने उद्देश्यका साथ अध्यादेश ल्याइएको बताएको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको आवश्यकता र हिंसात्मक क्रियाकलापमा संलग्नलाई ध्यानमा राखेर फौजदारी अपराध कार्यविधि संशोधन अध्यादेश ल्याएको बताएका हुन् । हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई आममाफी दिनेगरी सरकारले अध्यादेश ल्याउने…