कर्णाली । राष्ट्रिय शोकका कारण कर्णाली प्रदेशसभाको सोमबार तोकिएको पहिलो अधिवेशनको चौथो बैठक स्थगित गरिएको छ । पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकका कारण बैठक स्थगित गरिएको हो ।काठमाडौँदेखि पोखराका लागि ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित उडेको यति एयरलायन्सको एटिआर–७२ को विमान पोखराको नयाँ गाउँस्थित सेती नदीको खोँचमा…