काठमाडौं । पुनः स्वास्थ्यमा समस्या देखिएका कारण राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई गएराति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । राष्ट्रिपति पौडेलको सचिवालयका अनुसार पौडेललाई शिक्षण अस्पताल परिसरकै मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राखिएको छ । चिकित्सकको निगरानीमा रहेका पौडेलको अवस्था खतरामुक्त रहेको बताइएको छ ।…