काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराले सभामुखको पदभार ग्रहण गरेका छन् । बुधबार सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्नुअघि ज्येष्ठ सदस्य सभामुख जबराले राष्ट्रपति निवासमा पुगेर ज्येष्ठ सदस्यको हैसियतले पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । त्यसलगत्तै सभामुखको कार्यालयमा पुगेर उनले…