काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाल पक्राउ परेका छन् । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछाने हिरासतमा सुतिरहेको फोटो सामाजिक सञ्जालहरूमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले यसबारेमा अनुसन्धान गरेको थियो । सोही क्रममा भुसाल पक्राउ परेका हुन् । भुसाललाई आइतबार…