५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

पूर्वमन्त्री दीपक मनाङे डिल्लीबजार कारागार चलान

काठमाडौं । ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट समेत दोषी ठहर भई मंगलबार बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङ डिल्लीबजार कारागार चलान भएका छन्। मंगलबार मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो। लगत्तै अदालतले उनलाई केन्द्रीय कारागार पठाएको हो।