काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १ सय २२ वटा मुद्दाहरुमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले मंगलवार पत्रकार भेटघाट कार्यक्रम गर्दै चालु आर्थिक वर्ष २०७९÷०८० मा विशेष अदालतले फैसला गरेका १ सय २२ वटा मुद्दाहरुमा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता भएको जानकारी दिएको हो…