२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

निरिह बनेको प्रदेश सरकार, बजेट माग्न सिंहदरबारमा


९ जेष्ठ २०८०, मंगलबार  

3
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्व टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ ।

मुख्यमन्त्री शाहको नेतृत्वमा प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावललगायतका अधिकांश मन्त्रीको टोलीले आयोगका उपाध्यक्ष श्रेष्ठसँग आयोगको सचिवालय सिंहदरबारमा भेटवार्ता गरेको हो ।

भेटमा मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमकितामा राख्न अनुरोध गरेका छन् । अथाह सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेश पछाडि परेको भन्दै उनले आयोगको ध्यानाकर्षण गराए । भेटमा आयोगका उपाध्यक्ष डा श्रेष्ठले बजेट माग्न सिंहदरबार धाउनुपर्ने बाध्यता अब हटेको बताए ।

कुनै बेला काठमाडौँ आउनका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको सुदूरपश्चिम टाढा जस्तो लागे पनि अहिले सुदरपश्चिम काठमाडौँको धेरै टाढा नरहेको उनको भनाइ छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा सुदूरपश्चिमलाई समेटेको भन्दै आयोग उपाध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा पनि प्राथमिकता दिइनेमा विश्वास दिलाए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  २ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ