२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

उग्र बन्दै पहिचानवादी आन्दोलन, झापा झडपमा १० प्रहरीसहित २२ जना घाइते



काठमाडौं । कोशी प्रदेश नामकरणको विषयमा असन्तुष्टि जनाउँदै मङ्गलवार साँझ झापाको दमकमा भएको झडपमा १० जना प्रहरीसहित २२ जना घाइते भएका छन् ।

कोशी प्रदेश नामाकरणको विरोधमा निस्केको राँके जुलुसको क्रममा भएको झडपमा परेर प्रहरी नायव उपरीक्षक मनोजकुमार लामासहित २२ जना घाइते हुन् । करिब डेढ घण्टा दुई पक्षबिच झडप भएको थियो । झडपमा १० प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

करिब ३ सय मिटर टाडादेखि राँको बालेर आएका आन्दोलनकारीहरूलाई दमकको मुख्य गणतन्त्र चोकमा प्रहरीले रोकेर राँको निभाउन खोजेपछि दुई पक्षबीच झडप सुरु भएको थियो । झडपले उग्र रूप लिएपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो । आन्दोलनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई तितरबितर गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि १९ सेल अश्रुग्याँस, पाँच राउन्ड ब्ल्याक फायर र एक राउन्ड हवाई फायर गरेको प्रहरीको भनाई छ । भिड नियन्त्रणका लागि प्रहरीले चलाएको गोलीको छर्रा लागेर दुइ जना आन्दोलनकारी घाइते भएका छन् ।

गम्भिर घाइते भएका निर्मला लिङदेन र गजेन्द्र फागो लिम्बूको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घटनापछि दमकको सुरक्षा व्यवस्था थप कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ९ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको