२२ बैशाख २०८२, सोमबार । May 6, 2025

दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा हुने



सुर्खेत । दशौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुने भएको छ ।

बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुद बोर्ड बैठकले ०८१ मा हुने उक्त राष्ट्रिय खेलकुद आयोजना कर्णालीको राजधानी वीरेन्द्रनगरमा हुने निर्णय गरेको हो । कर्णाली खेलकुद परिषदका सदस्य सचिव विश्वामित्र संज्यालका अनुसार कुन महिना हुने भन्ने कुराको टुङ्गो लाग्न बाँकी छ ।

आयोजना सम्पन्न गर्नका लागि कर्णालीमा निर्माणाधीन प्रदेश गौरवको रङ्गशालाको काम धमाधम भइरहेको छ । ३० महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको आयोजना निर्माणको काम सुरु भएको ठिक एक बर्ष पुगेको छ । गौरवको योजनाको कुल लागत लागि एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ रहेको छ ।

रङ्गशाला १० हजार दर्शक अट्ने क्षमताको बनाउने तयारी भइरहेको छ भने भलिबल, बास्केटबल लगायतका खेलहरु खेल्न मिल्नेछ । यस्तै, भिआइपी, ‘वेटिङ रुम, भिआइपी प्याराफिट, मेडिकल वार्ड, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, स्वीमिङ पुल, पार्किङ लगायतका संरचनाहरु पनि निर्माण हुनेछन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ४ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेयर बजारमा गिरावट : नेप्से परिसूचक र कारोबार रकम दुबै घटे

काठमाडौं । साताको दोस्रो दिन पनि नेपालको सेयर बजारमा ओरालो

जनताको नजरमा सरकार ढलिसक्योः प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी

श्रद्धा कपूर बनिन भारतकी सबैभन्दा महँगी अभिनेत्री ! कति छ पारिश्रमिक ?

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री श्रद्धा कपूर अहिले भारतकै सबैभन्दा

धनकुटाको गोठगाउँमा यात्रुबाहक बस दुर्घटना, एकको मृत्यु, १३ घाइते

धनकुटा । धरानबाट धनकुटातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा पर्दा

प्रचण्डको प्रश्नःराष्ट्रिय गौरवका आयोजनालाई किन बेवास्ता ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले