२० बैशाख २०८२, शनिबार । May 3, 2025

रेडक्रसलाई एम्बुलेन्स सहयोग



पाल्पा । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखालाई तानसेन नगरपालिकाले एम्बुलेन्स सहयोग गरेको छ ।

रेडक्रस सोसाइटी पाल्पालाई व्यवस्थापन र सञ्चालन गर्नेगरी स्थानीय सरकारले परोपकारी संस्थासँग मिलेर खरिद गरेको एम्बुलेन्स उपलब्ध गराइएको हो । नगरवासीको सेवासुविधाका लागि नगर सरकारको ६० प्रतिशत र रेडक्रसको ४० प्रतिशत लगानीमा एम्बुलेन्स खरिद गरिएको छ ।

नगर प्रमुख सन्तोषलाल श्रेष्ठले नगरवासीको हितमा एम्बुलेन्स सञ्चालन गरिने बताउँदै विपत् परेका तथा बिरामीलाई सहजरुपमा अस्पतालसम्म पु-याउन सकियोस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरेर रेडक्रसलाई व्यवस्थापनको जिम्मा दिइएको जानकारी दिए ।

रेडक्रस पाल्पाका सभापति बुद्धिप्रसाद शर्माले रेडक्रस र नगरपालिकाको साझेदारीमा खरिद गरिएको एम्बुलेन्सले दुर्गममा बसोबास गर्ने नागरिकलाई स्वास्थ्योपचारमा सहज सेवा दिने बताए। गत आर्थिक वर्षको बजेटमा नगरपालिकाले नगरवासीको सेवा र सहयोगका लागि रेडक्रसलाई एक एम्बुलेन्स दिने गरी बजेट विनियोजन गरेको थियो ।

पाल्पामा अहिलेसम्मकै उच्चस्तरीय, उच्च प्रविधि जडान भएको एम्बुलेन्स रेडक्रसले सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ४ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालमा आगामी वर्षदेखि यूरो ६ मापदण्ड लागू गर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ देखि नेपालमा यूरो ६

स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का

अब नेपालमै कमाउँदै पढ्ने अवसर,विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा

काठमाडौं । अब क्याम्पस पढ्ने नेपाली विद्यार्थीहरूलाई कमाउँदै पढ्न सक्ने

समस्याग्रस्त सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाउने !

काठमाडौं । समस्यामा परेका सहकारी संस्था सदस्यका साना बचतकर्ताहरूको रकम

युवालाई कृषिमा आकर्षित गर्न सरकारको यस्तो छन् नयाँ योजना

काठमाडौं । कृषि क्षेत्रलाई उद्यमशील बनाउने उद्देश्यले सरकारले नयाँ नीति