१२ असार २०८३, शुक्रबार । June 26, 2026

अर्काको नाममा ट्रायल दिने व्यक्ति पक्राउ


१४ बैशाख २०८०, बिहिबार  

3
Shares

काठमाडौं । ट्राफिक प्रहरीले नक्कली परीक्षार्थी बनेर अर्काको नाममा ट्रायल दिने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँको दक्षिणढोका ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने धादिङका २८ वर्षीय राजेश शाहीलाई आज पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले धादिङका २८ वर्षीय प्रकाश पोखरेलको दुई पाङ्ग्रे सवारी साधनको ट्रायल दिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिए । उनले ट्राफिक प्रहरीले पछिल्लो समय अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तिलाई रोक्नका लागि विशेष कडाइ गरेको बताए ।

ट्राफिक प्रहरीले अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमतिपत्र निकाल्दा दक्ष चालकको कमी भई दुर्घटनासमेत निम्तिने भएकाले ट्रायल सेन्टरमा थप निगरानी बढाइएको प्रवक्ता भट्टले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ७ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर