२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

तनहुँ–१ अपडेट

रास्वपाका उम्मेदवार वाग्लेको अग्रता कायमै



तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले १९ हजार २ सय ४९ मत सहित अग्रस्थानमा रहेका छन् ।

आइतबार राति बाटै सुरु भएको मतगणनामा उनले सुरुवाती चरणबाटै आफ्नो अग्रता कायम रखेका छन् भने पछिल्लो समय उनले आफ्नो अग्रतालाई दोब्बर बनाउँदै लगेका छन् । उनलाई पच्छाइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ११ हजार २ सय ७९ मत सहित दोस्रो र र नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार १ सय ५२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।

तनहुँमा चुनावी प्रतिस्पर्धामा रहेका प्रमुख दल नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल दुबैले प्राप्त गरेको भन्दा पनि रास्वपाका वाग्लेले प्राप्त गरेको मत दोब्बरले बढी रहेको छ । डा. वाग्लेले सुरुवाती चरणबाटै आफ्नो अग्रतालाई कायमै राखिरहेका छन् भने उनको जित पनि निश्चित जस्तै बनिसकेको छ ।

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ अर्थात ५३ प्रतिशतको हाराहारीमा मत खसेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ६ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको