११ जेष्ठ २०८३, सोमबार । May 25, 2026

देशलाई विकासको युगमा लैजान गठबन्धन आवश्यक : प्रचण्ड


४ कार्तिक २०७९, शुक्रबार  

0
Shares

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गोरुगाढा सिद्धान्तको विपरीत बनेको बताएका छन् ।

पोखरामा आयोजित गठबन्धनको प्रादेशिक भेलामा बोल्दै उनले संविधान, लोकतन्त्र र राष्ट्रका रक्षा निम्ति गठबन्धन कायमै रहने पनि बताए । अध्यक्ष प्रचण्डले भने, ‘जनआन्दोलनताका एमालेभित्रै केही मान्छेले गोरुगाढा सिद्धान्त बताउँदै बसे । पछि सुध्रे होलान् भनेको फेरि त्यही सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बन्यो ।’

पाँचदलीय गठबन्धन निर्वाचनमा जानका लागिमात्र नबनेको भन्दै उनले ठूलो मिहिनेत र छलफलपछि गठबन्धन बनेको बताए । उनले भने, ‘गठबन्धन निर्वाचनमा जान मात्र बनेको होइन । यसो भनिन्छ भने गठबन्धन पछाडिको सिद्धान्तलाई नजरअन्दाज गरेको हुन्छ ।’

प्रचण्डले पाँच दलका शीर्ष नेता सबै एक भएको सन्देश दिन प्रदेशस्तरीय भेलामा आफूहरु हिँडेको बताउँदै उनले भने, ‘देशलाई घातकरूपमा पछि धकेल्न अर्को गठबन्धन उद्धत छ ।’ देशलाई नयाँ आर्थिक विकासको युगतर्फ लैजान गठबन्धनको विजयी आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  २ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली