१९ बैशाख २०८२, शुक्रबार । May 3, 2025

देशलाई विकासको युगमा लैजान गठबन्धन आवश्यक : प्रचण्ड



पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गोरुगाढा सिद्धान्तको विपरीत बनेको बताएका छन् ।

पोखरामा आयोजित गठबन्धनको प्रादेशिक भेलामा बोल्दै उनले संविधान, लोकतन्त्र र राष्ट्रका रक्षा निम्ति गठबन्धन कायमै रहने पनि बताए । अध्यक्ष प्रचण्डले भने, ‘जनआन्दोलनताका एमालेभित्रै केही मान्छेले गोरुगाढा सिद्धान्त बताउँदै बसे । पछि सुध्रे होलान् भनेको फेरि त्यही सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बन्यो ।’

पाँचदलीय गठबन्धन निर्वाचनमा जानका लागिमात्र नबनेको भन्दै उनले ठूलो मिहिनेत र छलफलपछि गठबन्धन बनेको बताए । उनले भने, ‘गठबन्धन निर्वाचनमा जान मात्र बनेको होइन । यसो भनिन्छ भने गठबन्धन पछाडिको सिद्धान्तलाई नजरअन्दाज गरेको हुन्छ ।’

प्रचण्डले पाँच दलका शीर्ष नेता सबै एक भएको सन्देश दिन प्रदेशस्तरीय भेलामा आफूहरु हिँडेको बताउँदै उनले भने, ‘देशलाई घातकरूपमा पछि धकेल्न अर्को गठबन्धन उद्धत छ ।’ देशलाई नयाँ आर्थिक विकासको युगतर्फ लैजान गठबन्धनको विजयी आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  २ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालमा आगामी वर्षदेखि यूरो ६ मापदण्ड लागू गर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ देखि नेपालमा यूरो ६

स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का

अब नेपालमै कमाउँदै पढ्ने अवसर,विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा

काठमाडौं । अब क्याम्पस पढ्ने नेपाली विद्यार्थीहरूलाई कमाउँदै पढ्न सक्ने

समस्याग्रस्त सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाउने !

काठमाडौं । समस्यामा परेका सहकारी संस्था सदस्यका साना बचतकर्ताहरूको रकम

युवालाई कृषिमा आकर्षित गर्न सरकारको यस्तो छन् नयाँ योजना

काठमाडौं । कृषि क्षेत्रलाई उद्यमशील बनाउने उद्देश्यले सरकारले नयाँ नीति