८ चैत्र २०८२, आइतबार । March 22, 2026

साउनयता यूएईमा १ सय १७ नेपालीको मृत्यु


७ बैशाख २०८०, बिहिबार  

9
Shares

यूएई । यूएईमा १ सय १७ जना नेपालीले ज्यान गुमाएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा यूएईमा सो संख्यामा नेपालीले ज्यान गुमाएका हुन् । यूएईमा रहेको नेपाली दूतावासले साउनदेखि चैतसम्म १ सय १७ जना नेपालीको शव व्यवस्थापन गरेको जनाएको छ । दूतावासका अनुसार साउनमा २४, भाद्र १६, असोज १०, कात्तिक ११, मङ्सिर १६, पुस १०, माघ ९, फागुनमा ८ र चैतमा १३ जनाको मृत्यु भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८/८९ मा यूएईमा १७४ जनाको ज्यान गएको थियो । जसमध्ये दूतावासले एक सय ६७ शव स्वदेश फिर्ता पठाएको थियो भने ७ वटा यूएईमै सतगत गरिएको थियो । यस्तै, यूएईमा रहेका नेपालीहरूले विभिन्न माध्यममार्फत गुनासो राख्ने क्रम पनि बढेको छ ।

चालु आर्थिक वर्षको चैतसम्म ४ हजार १ सय ८९ जनाले फोन, इमेल र दूतावासमै गएर विभिन्न गुनासो राखेका छन् । साउनमा १४९, भाद्रमा ५३२, असोजमा ७१७, कात्तिकमा ४४९, मङ्सिरमा ६९४, पुसमा ३८९, माघमा ३७१, फागुनमा ३५५ र चैतमा ५३३ जनाले दूतावासमा गुनासो राखेका दूतावासले जनाएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  १० : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो