२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

मौलाकाली केबलकार सञ्चालनमा, एकैदिन ४५ सय बढीले लिए सेवा



नवलपुर । नवलपुरको गैँडाकोटमा बैशाख १ गते शुक्रबार देखि सञ्चालनमा आएको मौलाकालीका केबलकारबाट ४५ सय बढी दर्शनार्थीले सेवा लिएका छन् ।

नयाँवर्षको अवसर पारेर शुक्रबार विहानदेखि केबलकारको सेवा सुरु भएको थियो । केबलकार सञ्चालनमा आएसंगै अब मौलाकालीका मन्दीरमा ५ मिनेटमै पुगिने भएको छ । केबलकार व्यवस्थापन समितिका अनुसार हरेकदिन विहान ६ वजेदेखिनै केबलकार सर्वसाधरणका लागि खुल्ला रहने र यात्रुको चापको आधारमा बन्द गरिने जनाइएको छ ।

नयाँ बर्षको अवसरमा शुक्रबार बिहान ६ वजेदेखि सञ्चालनमा आएको केबलकारको बटम स्टेशनबाट गैँडाकोट नगरपालिका वडा नं.६ निवासी सय वर्षीया बृद्धा सरस्वती कंडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गरेका थिए ।

नयाँ बर्ष र केबलकार उद्घाटनको अवसर पारेर शुक्रबार आउने र जाने दुवैतर्फको भाडा रु. ५ सय ५० तय गरिएको थियो । केबलकारले ३ देखि ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि रु ३ सय ३०, विद्यार्थीहरुको लागि रु ४ सय १५ जेष्ठ नागरिकहरुको लागि रु ४ सय १५ र फरक क्षमता भएकाहरुको (अपाङ्ग) लागि रु २ सय ७५ को टिकट दर रहेको छ ।

त्यसैगरी मौलाकाली केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा तलका बच्चाबच्चीहरुको लागि निःशुल्क सेवा दिने जनाएको छ । मौलाकाली केबलकारको टिकट प्राप्त गर्नका लागि सर्वसाधारण यात्रुहरुले मोबाइल एप्लीकेशनमा आईएमइ पे डाउनलोड गरि सोहि एप मार्फत टिकट काट्न सक्नेछन् भने केबलकारको कार्यालय तथा आइएमई पेका आधिकारिक एजेन्टहरु मार्फत समेत टिकट प्राप्त गर्नसक्नेछन् ।

गैँडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि बैशाख १ गतेदेखि नै केबलकार सञ्चालनमा आएको भएपनि औपचारिक उद्घाटन भने भएको छैन् । १ हजार २ सय मिटर लामो केबलकारमा ६ वटा टावर निर्माण गरिएको छ । १२ वटा यात्रुबोक्ने डब्बा (गोन्डुला) र दुईवटा सामान बोक्ने डब्बा राखिएको छ ।

एउटा (गोन्डुला) डब्बामा एक पटकमा आठ जना यात्रुले यात्रा गर्न सक्नेछन् ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ८ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको