२८ बैशाख २०८३, सोमबार । May 11, 2026

‘तेरे नाम’का निर्देशक सतिश कौशिकको निधन


२५ फाल्गुन २०७९, बिहिबार  

6
Shares

काठमाडौं । भारतीय अभिनेता तथा निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ ।

कौशिकका नजिकका मित्र एवं अभिनेता अनुपम खेरले यसको पुष्टि गरेका छन् । अनुपम खेरले ट्विटमार्फत् सतिश कौशिकको निधन भएको जानकारी गराएका छन् । अभिनेता अनुपम खेरले आफूले प्रिय साथी गुमाएको भन्दै कौशिकको निधनमा दुःख व्यक्त गरेका छन् ।

उनले ट्विटरमा आफूहरूबीचको ४५ वर्षको मित्रतामा पूर्णविराम लागेको उल्लेख गरेका छन् । केही दिनअघि दिल्लीको गुरुग्राममा आफन्त भेट्न गएका कौशिकलाई हृदयाघात भएको थियो। हृदयाघातपछि उनलाई दिल्लीको फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो । पोस्टमार्टमका लागि कौशिकको शव मुम्बई ल्याइने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सन् १९६५ अप्रिल १३ को दिन भारतको हरियाणामा जन्मिएका कौशिक अभिनय, व्यङ्ग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत सक्रिय थिए। उनी भारतका चर्चित कलाकार हुन्। उनले निर्देशन गरेको चलचित्र ‘तेरे नाम’ले भारतमा निकै चर्काचा पाएको थियो।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  १ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्वच्छ बुटवलका लागि रुद्रगण र एम.आर.आर. टिम बुटवलको उदाहरणीय पहल

बुटवल । नेपाल सरकारले सञ्चालन गरेको सरसफाई सप्ताह अभियानप्रति स्वागत

फ्लाई नेपा ट्राभल्सलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड

काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको

Embassy of Russia in Nepal Marks Victory Day Celebration in Kathmandu

Kathmandu- The Russian Embassy celebrated the Victory Day with great

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health