५ असार २०८३, शुक्रबार । June 19, 2026

दिलीप महतो हत्या प्रकरणः दुई जनालाई २५–२५ वर्ष कैद सजाय


१२ फाल्गुन २०७९, शुक्रबार  

9
Shares

धनुषा । अवैध उत्खननको विरोध गर्दै आएको दिलीप महतोको हत्यामा संलग्न दुई जनालाई जिल्ला अदालत धनुषाले दुई जनालाई २५/२५ वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले विपिन र मुनिन्द्रलाई उक्त सजाय सुनाएको हो । त्यस्तै हत्यामा संलग्न जितेन्द्र महतोलाई भने १२ वर्ष कैद सजाय सुनाइएको छ । जितेन्द्रलाई २ लाख ५० हजार जरिवाना समेत गरिएको छ। अभियुक्त विपिन र मुनिन्द्रलाई अदालतले ५/५ लाख जरिवाना पनि तोकेको छ ।

गत फागुन २ गते अदालतले विपिन र मुनीन्द्रलाई दिलीपको मनसायपूर्वक हत्या गरेकामा दोषी ठहराइएको थियो । जितेन्द्रलाई हत्याको मतियार भएकामा कसुरदार ठहराए पनि अदालतले शुक्रबार मात्र फैसला निर्धारण भएको हो । हत्याको अभियोग लागेका उद्योग सञ्चालक विनोद महतो र कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार महतोले भने सफाइ पाएका छन् ।

घर अगाडिको औरही खोलाबाट भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननको विरोध गर्दा दिलीप भनिने ओमप्रकाश महतोको २०७६ पुस २५ गते मृत्यु भएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ६ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा