२८ चैत्र २०८१, शुक्रबार । April 11, 2025

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु



तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाले जनाएको छ । घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो । बिहान ६ बजेर ३० मिनेटको समयमा चितुवाले आक्रमण गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो । पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ । गत असारमा बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । चितुवाको आक्रमणबाट बन्दीपुर–१ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको मृत्यु भएको थियो ।

बन्दीपुर गाउँपालिका–४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बाघदलेका ३५ वर्षीय भीमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन् ।

चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सुपर लिग: चितवनलाई हराउँदै ललितपुर शीर्ष स्थानमा

काठमाडौं । नेपाल सुपर लिग (NSL) फुटबल प्रतियोगितामा साविक विजेता

आईपीएलः दिल्लीको अपराजित यात्रा कायमै, बेंग्लुरूलाई ६ विकेटले हरायो

एजेन्सी । जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बेंग्लुरूको एम

हडसन नदीमा हेलिकप्टर दुर्घटना, ६ जनाको ज्यान गयो

एजेन्सी । अमेरिकाको न्यूयोर्कस्थित हडसन नदीमा भएको एक दर्दनाक हेलिकप्टर

कति पुग्यो अमेरिकी डलर ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः जलवाष्पयुक्त हावाको प्रभाव कायमै, बर्षाको सम्भावना

हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट भित्रिरहेको