२१ मंसिर २०८२, शनिबार । December 6, 2025

पटाका विस्फोट हुँदा इन्डोनेसियामा चार जनाको मृत्यु, १३ घाइते



एजेन्सी । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको ब्लिटार शहरस्थित एउटा घरमा आइतबार साँझ भएको पटका विस्फोटमा चार जनाको मृत्यु हुनाका साथै दर्जनौं घाइते भएको स्थानीय प्रहरीले सोमबार जनाएको छ ।

विस्फोटमा मारिएका सबै एकै परिवारका सदस्य रहेको बताइएको छ । ब्लिटारका प्रहरी प्रमुख अर्गो वियोनोका अनुसार विस्फोटमा कम्तीमा १३ गाउँले घाइते भएको र २० भन्दा बढी घरमा क्षति पुगेको छ । इस्लामिक व्रत रमजानको पूर्वसन्ध्यामा बुबाले बनाएको पटाकाले विस्फोट गराएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।

प्रहरीले घटनास्थलको अनुसन्धान गर्न बम स्क्वाड तैनाथ गर्दै स्थानीयलाई घटनास्थलबाट टाढा रहन आह्वान गरेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ६ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको