२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छः मुख्यमन्त्री शाह



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा प्रदेश सरकार ५ वर्ष नै निरन्तर चल्ने बताएका छन् ।

आज (सोमबार) मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार भेटघाटको क्रममा उनले केही दिनमै विश्वासको मत लिने बताए । उनले आफुलाई मत दिन सबै दलहरु सकारात्मक रहेको बताउँदै विश्वासको मत पाउनेमा ढुक्क रहेको बताए । ‘विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको छ ।

केही दिनमा हामी विश्वासको मत लिन्छौँ’, उनले भने, सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छ। यहाँ अब निर्वाचन हुँदैन।’ यस्तै उनले अहिलेको अवस्थामा कुनै पनि दलले र जनताले निर्वाचनमा जान नचाहेको दाबी गरे । ‘निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले चाहेका छैनन् । फेरि चुनावमा गए जनताले लखेट्छन्’, उनले भने ।

पुस २७ गते मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । उनलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वास मत नदिएपछि रावल पदमुक्त भएका थिए । त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले कांग्रेसका शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका हुन् ।

उनले पनि एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्या रहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ११ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको