२८ चैत्र २०८१, शुक्रबार । April 11, 2025

५ हजार मिटर दौडमा एपिएफका गोपीचन्द्रलाई स्वर्ण



कास्की । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स ५ हजार मिटर दौड पुरुषमा विभागीय टोली एपिएफका गोपीचन्द्र पार्कीले बिहीवार स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालाको ट्रयाकमा भएको अन्तिम दिनको खेलमा पार्कीले निर्धारित दूरी १४ मिनेट २९ दशमलव ६७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । यसअघि १० हजार मिटर दौडमा गोपीचन्द्रले रजत पदक जितेका थिए । ५ हजार मिटरमा कर्णालीका दुर्गाबहादुर बुढाले १४ मिनेट २९ दशमलव ९३ सेकेन्डमा पूरा गर्दै रजत पदक आफ्नो पोल्टामा पार्दा त्रिभुवन आर्मी क्लवका मुकेश पालले निर्धारित दूरी १४ मिनेट ३६ दशमलव ६० सेकेन्डमा पूरा गर्दै कास्य पदकमा चित्त बुझाए ।

एथ्लेटिक्स २ सय मिटर दौडमा पुरुषतर्फ एपीएफका शिवराज पार्की र महिलातर्फ लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा बिहीवार पुरुषतर्फ शिवराजले निर्धारित दूरी २१ दशमलव९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।

एपिएफकै आशिष चौधरीले २२ दशमलव ०५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत पदक जिते । त्रिभूवन आर्मी क्लवका युवराज बिकले २२ दशमलव ५० सेकेन्डमा पूरा गर्दै कास्य पदक जिते ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ४ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं

काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला १ लाख ८५ हजार

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ऐतिहासिक उचाइमा

सुनको मूल्यमा ऐतिहासिक उछाल, चाँदीले पनि तोड्यो पुरानो रेकर्ड

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउले नयाँ रेकर्ड बनाएको

नेपाल प्रहरीको नियन्त्रणमा दुर्गा प्रसाईं, भद्रपुरबाट काठमाडौं ल्याउने तयारी

काठमाडौँ । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट आधिकारिक