८ आश्विन २०८३, बिहिबार । September 24, 2026

देश बरबाद बनाउन विभिन्न शक्ति क्रियाशील छन्ः ओली


२ फाल्गुन २०७९, मंगलबार  

9
Shares

काठमाडौं । प्रमुख सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बरबाद बनाउन विभिन्न शक्ति क्रियाशील रहेको बताएका छन् ।

आजबाट काठमाडौंमा सुरु भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले देश बरबाद बनाउन भित्र र बाहिरका शक्ति क्रियाशील रहेको बताएका हुन् । ‘हामीले अनेकौँ उत्तारचढाप देखेका छौँ, फेरि पनि आउँछन् उत्तारचढाप आउँछ,’ उनले भने, ‘अहिले साथीहरू काफी प्रसन्न भएको देख्छु । हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ, यो सफलताको कुरा हो। यो अवस्था फेरियो भने, संसद्को बनावट नै अस्थिरताको कारक हुने खालको बनावट छ ।

संसद्मा हाम्रो बहुमत छैन । अनेक प्रकारका, भित्रका, बाहिरका शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन् ।’ एमालेनिकट अनेरास्वियुको २३औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको हो । कमलादीस्थित प्रज्ञा भवनमा एमाले अध्यक्ष ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ४ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको