४ असार २०८३, बिहिबार । June 18, 2026

आज दिनभर गाडी मिलेन भने निःशुल्क ट्याक्सी चढ्नुस्


२ फाल्गुन २०७९, मंगलबार  

9
Shares

काठमाडौं । यातायात व्यवसायी र मजदुरले विभिन्न माग राख्दै गरेको आन्दोलन र आजको यातायात बन्दलाई समर्थन गर्दै राइड सेयरिङ एप ट्याक्सीमाण्डुले यात्रुहरुको असुविधालाई ध्यानमा राख्दै बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि निःशुल्क ट्याक्सी सेवा सञ्चालनमा ल्याएको छ ।

आज सार्वजनिक यातायात बन्दका कारण आफ्नो गन्तव्यमा पुग्ने यात्रुहरुले ट्याक्सीमाण्डु एपमार्फत निःशुल्क सेवा लिन सक्नेछन् । यातायात व्यवसायी र मजदुरका कतिपय माग जायज भए पनि अत्यावश्यक सेवाको रुपमा रहेको यातायात बन्द गरिदाँ सर्वसाधारणमाथि पर्ने असरलाई मध्यनजर गर्दै निःशुल्क सेवा सुचारु गरिएको ट्याक्सीमाण्डुका सिइओ अर्जुन केसीले बताए । निःशुल्क सेवा प्रयोग गर्न NEPALRIDE प्रोमो कोड प्रयोग गर्नुपर्ने केसीले जानकारी दिए ।

ट्याक्सीमाण्डु सम्पुर्णरुपमा स्वदेशी लगानीमा सञ्चालित राइड सेयरिङ एप भएकाले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर यात्रुका सुविधाका लागि सार्वजनिक यातायात नभएको अवस्थामा आज एक दिन निःशुल्क गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  १० : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा