८ चैत्र २०८२, आइतबार । March 22, 2026

हमास समूहको गाजास्थित भवनमा इजरायली हवाई आक्रमण


१ फाल्गुन २०७९, सोमबार  

6
Shares

एजेन्सी । प्यालेस्टिनी इलाकाबाट सप्ताह अन्तमा प्रहार गरिएको रकेटको जवाफमा सोमबार गाजामा हवाई आक्रमण गरेको इजरायलली सेनाले जनाएको छ ।

प्यालेस्टाइनी रेड क्रिसेन्टले उत्तरी पश्चिमी किनाराको नाब्लुसमा इजरायली सेनाको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको जनाएको छ । सेनाले नाब्लुसको आक्रमणबारे तत्काल थप टिप्पणी गरेको छैन । तर गाजामा उसले ‘हमास आतङ्कवादी सङ्गठनसँग सम्बन्धित रकेट निर्माणमा प्रयोग हुने कच्चा पदार्थ भएको भूमिगत भवनमा आक्रमण गरेको’ बताएको छ ।

गाजाबाट इजरायलतर्फ शनिबार गरिएको रकेट प्रक्षेपणको प्रतिक्रियास्वरूप उक्त आक्रमण गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इजरायली आक्रमणपछि गाजाको सीमा नजिकका समुदायमा हवाई आक्रमणको साइरन बज्न थालेको सेनाले जनाएको छ । पछिल्लो चरणको क्षेप्यास्त्र आक्रमणपछि गाजा र इजरायलमा कुनै हताहत भएको खबर प्राप्त भएको छैन ।

तर इजरायल–प्यालेस्टिनी द्वन्द्वले हिंसामा नाटकीय वृद्धि भोगिरहेको छ । सन् २०१९ को सुरुदेखि अहिलेसम्म नाब्लुसमा भएको पछिल्लो घटनापछि भएको द्वन्द्वमा बालबालिकाकासहित ४७ जना प्यालेिस्टनीको ज्यान गइसकेको छ । सोही अवधिमा तीन बालबालिकासहित नौ इजरायली र एक युक्रेनी नागरिकको मृत्यु भएको छ ।

इजरायलको सुरक्षा क्याबिनेटले पूर्वी जेरुसेलममा प्यालेस्टाइनले गरेको घातक आक्रमणको प्रतिक्रियास्वरुप पश्चिम किनाराका नौ यहूदी बस्तीलाई वैधानिकता दिने घोषणा गरेको छ । सुरक्षा क्याबिनेटले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘नयाँ अधिकार प्राप्त समुदायहरूमध्ये धेरै वर्षौंदेखि अस्तित्वमा थिए र अन्य दशकौंदेखि अस्तित्वमा थिए, तर इजरायल सरकारले पहिले उनीहरूलाई वैधको रूपमा मान्यता दिएको थिएन ।’ इजरायलले सन् १९६७ को छ दिने युद्धदेखि नै पश्चिम किनाराकब्जा गर्दै आएको छ ।

करिब चार लाख ७५ हजार यहूदीहरू अहिले प्यालेस्टिनी इलाकामा बसोबास गर्छन्, जुन समुदायहरूको बसोबासलाई अन्तर्राष्ट्रिय कानूनले अवैध मान्दै आएको छ । त्यसमध्ये अधिकांश जनसङ्ख्या इजरायलले एकतर्फी रूपमा अनुमति दिएका बस्तीहरूमा छन्, तर कतिपय सरकारी अनुमति नपाएका समुदायमा पनि बस्छन् । सुरक्षा क्याबिनेटले वेस्ट बैंकमा नयाँ चरणको आवास निर्माणको घोषणा गर्न चाहेको पनि बताएको छ, जुन कदमले व्यापक अन्तर्राष्ट्रिय निन्दा आकर्षित गर्ने सम्भावना छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत महिना यस क्षेत्रको भ्रमणका क्रममा बस्ती विस्तार नगर्न सुझाब दिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कट्टरपन्थी सरकारले इजरायलको कब्जामा रहेको पूर्वी जेरुसेलममा सुरक्षा व्यवस्था कडा बनाउने घोषणा गरेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ३ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो