५ असार २०८३, शुक्रबार । June 19, 2026

सुदुरपश्चिम प्रदेशसभा बैठक सुरु, निर्णयक नाउपा अनुपस्थित


२६ माघ २०७९, बिहिबार  

6
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ ।

बिहिबार ४ बजेका लागि सारिएको बैठक केही ढिलो गरि सुरु भएको हो । बिहीबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने कार्यक्रम रहेको छ । मुख्यमन्त्री रावलले आजै विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता अनुसार विश्वासको मत लिन लागेका हुन् ।

तर सुदुरपश्चिम प्रदेशमा निर्णयक मानिएको नागरिक उन्मुक्ति पार्टी भने बैठकमा उपस्थित भएको छैन् । सरकार गठनमा सघाएको नाउपाले विश्वासको मत नदिने भएपछि रावल नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । रावलले विश्वासको मत नपाएको खण्डमा उनि स्वतः पदमुक्त हुनेछन् ।

त्यसपछि संविधानको धारा ६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको बाटो खुल्नेछ । सुदुरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ जना सांसद छन् ।

विश्वासको मत प्राप्त गर्नका लागि रावललाई २७ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ४ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा