५ असार २०८३, शुक्रबार । June 19, 2026

मुख्यमन्त्री रावललाई नाउपाले विश्वासको मत नदिने, सरकार संकटमा


२६ माघ २०७९, बिहिबार  

6
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

रावलले बिहिबार विश्वासको मत लिनुपर्ने संवैधानीक बाध्यता अनुसार आज विश्वासको मत लिने तयारी भएको छ । तर सरकार गठनका बेला साथ दिएको नाउपाले विश्वासको मत नदिने भएपछि रावल नेतृत्वको सरकार संकटमा परेको हो । बुधबार विश्वासको मत दिने कार्यक्रम स्थगित गरेर एमाले नेताहरुले बुधबार नाउपा नेताहरुसँग छलफल गरेका थिए ।

तर कुनै सहमति हुन सकेन । रावलले आज विश्वासको मत नपाएको खण्डमा उनि स्वतह पदमुक्त हुनेछन् । त्यसपछि संविधानको धारा ६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको बाटो खुल्नेछ ।

रावलले विश्वासको मत नपाउने सम्भावना बढ्दै गएका बेला नेपाली कांग्रेसका नेताहरु नयाँ सरकार गठनका लागि दौडधुपमा देखिएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  १ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा