८ बैशाख २०८२, सोमबार । April 21, 2025

रियल फिफा क्लब विश्वकपको फाइनलमा



एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलमा इजिप्टको अल अहली स्पोर्टिङ क्लबलाई ४–१ गोल अन्तरले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो । खेलको ४२ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४६ औं मिनेटमा फेडेरिको भाल्भर्देले गोल गर्दा रियलको अग्रता दोब्बर बन्यो ।

खेलको ६५ औं मिनेटमा अलि मालोउलले गोल गर्दै अल अहलीलाई २–१ को स्थितिमा ल्याए । खेलको इन्जुरी समयको दोस्रो मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई ३–१ को अग्रता दिलाए । त्यसपछि इन्जुरी समयको आठौं मिनेटमा सेर्जियो अरिबासले गोल गर्दै रियललाई ४–१ को जित दिलाए ।

अब रियलले उपाधिका लागि शनिबार साउदी अरेबियाको अल हिलालसँग प्रतिस्पर्धा गर्नेछ। अल हिलाल ब्राजिलको फ्लामियालाई पराजित गर्दै फाइनलमा पुगेको हो।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ८ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शिक्षक आन्दोलनको २० दिनमा शिक्षामन्त्रीले घुँडा टेकिन ! अन्ततः आयो राजीनामा

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरुले राजधानी केन्द्रित

नेप्सेमा ७.७५ अंकको गिरावट, कारोबार रकममा वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारको परिसूचक

रविको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी

गभर्नर नियुक्तिसम्बन्धी रिट आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं । गभर्नर नियुक्तिसम्बन्धी उमेर हद हटाउने सरकारको निर्णयविरुद्ध दायर

रविको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण