२४ बैशाख २०८२, बुधबार । May 7, 2025

निर्वाचन

माधव नेपाललाई कारबाहि गर्न निर्वाचन आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन प्रभावित पार्नेसम्बन्धी कसुरमा कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

रौतहट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपालले आइतबार एक चुनावी कार्यक्रममा चुनाव जिते फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएका थिए । निर्वाचन कसुर तथा सजायसम्बन्धी ऐन–२०७३ को दफा २० (१) (च) मा कुनै उम्मेदवार वा प्रतिनिधिले कुनै लोभलालच वा आर्थिक प्रलोभन देखाउन नपाउने व्यवस्था छ ।

यसो गरेमा एक लाखसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुबै सजाय हुने ऐनमा व्यवस्था छ । यसको आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया नेपाल प्रहरीले गर्ने भएकाले आयोगले जिल्ला प्रहरी कार्यालय, रौतहटलाई पत्र लेखेको छ । पत्रमा ‘श्री माधवकुमार नेपालबाट निर्वाचनको मुखमा युवाहरुलाई विदेश पठाउने भनि प्रलोभन देखाउने कार्य गरेकाले सो सम्बन्धमा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउन आयोगले निर्देशन दिएको हो ।

हेर्नुहोस् पत्र

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ३ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युद्ध शुरु भएदेखि गाजामा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु

एजेन्सी । गाजामा जारी इजरायली आक्रमणले बालबालिकामाथि गम्भीर मानवीय संकट

पाकिस्तानविरुद्धको कारबाहीपछि बोल्यो भारतः पत्रकार सम्मेलनमा के भन्यो ?

एजेन्सी । पाकिस्तान समर्थित आतंकवादी हमलाको जवाफस्वरूप भारतले ‘अपरेशन सिन्दूर’

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

काठमाडौं । आगामी बिहीबार काठमाडौंमा ‘युनियनपे नेपाल फिनटेक फेस्टिभल–२०२५’ कार्यक्रम

फेरि आकाशियो सुनको मूल्य, तोलामा १ लाख ९१ हजार नाघ्यो

काठमाडौं । नेपाली सुन बजारमा बुधबार उल्लेख्य वृद्धि देखिएको छ।

भारत–पाकिस्तान तनावले हवाई उडानमा ठूलो असर, दर्जनौं उडान रद्द

एजेन्सी । भारत र पाकिस्तानबीचको सैन्य तनाव चुलिँदै गएसँगै हवाई