२८ चैत्र २०८१, शुक्रबार । April 11, 2025

कमेडियन अपूर्व क्षितिजलाई अदालत उपस्थित गराइयो



काठमाडौं । बुधबार समय अभावका कारण अदालतमा पेश गर्न नभ्याइएका कमेडियन अपूर्व क्षितिज सिंहलाई बिहीबार अदालतमा उपस्थित गराइएको छ।

उनलाई जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा पेश गरिएको हो। यसअघि अनुसन्धान सकिएपछि अदालत जानेबेला बिरामी भएपछि उनलाई छाडिएको थियो। र अहिले प्रहरीले पुनः मुद्दा अघि बढाउन मंगलबार मात्रै पुनः नियन्त्रणमा लिएको हो। नेवार समुदायमाथि आँच आउनेगरी कमेडी प्रस्तुत गरेको भन्दै उनीमाथि भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुर गरेको, सार्वजनिक शान्ति खलल पारेको, जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न गरेको जस्ता अभियोग लगाइएको छ।

उनको बिहीबार बयान लिने तयारी अदालत गरेको छ। बयान सकिएको खण्डमा थुनछेक बहस सुरु हुनेछ। कमेडियन सिंहले युट्युब च्यानल कमेडी क्याफेमा राखेको भिडियोमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि व्यंग्य गरिएको थियो। सोही विषयलाई लिएर नेवार समुदायका व्यक्तिहरूले उजुरी दिएपछि सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

यद्यपि, सिंहले भने माफी माग्दै युट्युबबाट सो भिडियो हटाइसकेका छन्।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ४ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल प्रहरीको नियन्त्रणमा दुर्गा प्रसाईं, भद्रपुरबाट काठमाडौं ल्याउने तयारी

काठमाडौँ । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट आधिकारिक

नेपाली सेनाले २६०० भन्दा बढी सैन्य पदका लागि आवेदन खुला, कक्षा ८ पासले पनि मौका पाउने

काठमाडौं । नेपाली सेनाले २६०० भन्दा बढी सैन्य पदहरूमा नयाँ

दुर्गा प्रसाइँलाई हवाईमार्गमार्फत काठमाडौं ल्याइँदै

काठमाडौं | भारतको आसाम राज्यमा आत्मसमर्पण गरेका दुर्गा प्रसाइँलाई आज

गर्मीमा छालाको टोनिङ हटाउन घरेलु उपायहरू: प्राकृतिक सौन्दर्यको राज

काठमाडौं । गर्मी याममा छालाको उचित हेरचाह अनिवार्य हुन्छ। कडा

‘पिताम्बर’ र ‘कर्मा’, एक्सन प्रेमीका लागि दुई नयाँ नेपाली फिल्म रिलिज

काठमाडौं | दुई बहुप्रतीक्षित नेपाली एक्सन फिल्महरू ‘पिताम्बर’ र ‘कर्मा’