१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

कमेडियन अपूर्व क्षितिजलाई अदालत उपस्थित गराइयो


३ कार्तिक २०७९, बिहिबार  

0
Shares

काठमाडौं । बुधबार समय अभावका कारण अदालतमा पेश गर्न नभ्याइएका कमेडियन अपूर्व क्षितिज सिंहलाई बिहीबार अदालतमा उपस्थित गराइएको छ।

उनलाई जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा पेश गरिएको हो। यसअघि अनुसन्धान सकिएपछि अदालत जानेबेला बिरामी भएपछि उनलाई छाडिएको थियो। र अहिले प्रहरीले पुनः मुद्दा अघि बढाउन मंगलबार मात्रै पुनः नियन्त्रणमा लिएको हो। नेवार समुदायमाथि आँच आउनेगरी कमेडी प्रस्तुत गरेको भन्दै उनीमाथि भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुर गरेको, सार्वजनिक शान्ति खलल पारेको, जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न गरेको जस्ता अभियोग लगाइएको छ।

उनको बिहीबार बयान लिने तयारी अदालत गरेको छ। बयान सकिएको खण्डमा थुनछेक बहस सुरु हुनेछ। कमेडियन सिंहले युट्युब च्यानल कमेडी क्याफेमा राखेको भिडियोमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि व्यंग्य गरिएको थियो। सोही विषयलाई लिएर नेवार समुदायका व्यक्तिहरूले उजुरी दिएपछि सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

यद्यपि, सिंहले भने माफी माग्दै युट्युबबाट सो भिडियो हटाइसकेका छन्।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ४ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली