४ असार २०८३, बिहिबार । June 18, 2026

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिदैँ


२५ माघ २०७९, बुधबार  

6
Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिने भएका छन् ।

सुदुरपश्चिम प्रदेशमा निर्णयक मानिएको नागरिक उन्मुक्ति पार्टीले भने मुख्यमन्त्रीलाई विश्वासको मत नदिने संकेत गरेको छ । जसकारण मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सम्भावना न्यून देखिएको छ । रावल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संवैधानिक व्यवस्था अनुसार उनी १ महिनाभित्रै अर्थात माघ २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता छ ।

तर उनी बहुमत सदस्यको विश्वासको मत लिने परिस्थिति अझै बन्न सकेको छैन् । मंगलबार नागरिक उन्मुक्ति पार्टीका यहाँका ७ प्रदेश सभा सदस्यसहित डिल्लीबजार कारागारमै बसेको बैठकले उधारो आश्वासनको भरमा विश्वासको मत नदिने निष्कर्ष निकालेको छ । सो पार्टीको अडानपछि मुख्यमन्त्री रावलको पद धरापमा परेको हो ।

अर्थात बुधबारसम्मा पनि उनलाई मनाउन नसकेको खण्डमा रावलले विश्वासको मत पाउँदैनन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदुपश्चिम प्रदेश सभामा बहुमतको सरकारको लागि २७ जना प्रदेश सभा सदस्य विश्वास आवश्यक पर्छ । यहाँ सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १९ प्रदेश सभा सदस्यसहित प्रतिपक्षमा छ ।

नेकपा एमालेका मुख्यमन्त्री रावलले नेकपा एमालेका १०, माओवादी केन्द्रको ११, नागरिक उन्मुक्तिको ७, राप्रपाको १ जनाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ९ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा