८ चैत्र २०८२, आइतबार । March 22, 2026

सुदूरपश्चिम प्रदेश सरकारलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने


२४ माघ २०७९, मंगलबार  

9
Shares

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भोलि विश्वासको मत लिने भएको छ ।

तर, सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले भने विश्वासको मत नदिने सङ्केत गरेको छ । मंगलबार नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशका सात जना सांसद रेशम चौधरीलाई भेट्न डिल्लीबजार स्थित कारागार पुगेका थिए । उनी भन्दा केही समय अघि पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ पनि कारागार पुगेकी थिइन् ।

सात सांसदलाई रेशम चौधरीले तत्काल सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने बताएका थिए। ‘पहिले जेलको ढोका खुल्ला त्यसपछि सरकारको ढोका खुल्ला’ रेशम चौधरीले आफ्ना सांसदलाई भने । ११ बजे देखी भएको छलफल करिब ५ बजे सम्म चलेको थियो ।

उक्त छलफलमा नागरिक उन्मुक्तिका केही सांसदहरूले तत्काल विश्वासको मत दिएर सरकारमा जान आफ्ना मतदाताको दबाब रहेको बताएका थिए जवाफमा रेशम चौधरीले माग र मुद्दा भन्दा बाहिर जान नसकिने बताएका थिए । बैठक सकिए लगत्तै शीर्ष नेताले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने अडान यथावत् नै रहेको बताए ।

बुधबार बिहान ११ बजे सुदूरपश्चिम सरकारका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत मत दिने संसद् बैठक आह्वान गर्न भनेका थिए । तर, केही ढिलो हुने भन्दै भोलिको बैठक १ बजेको लागि सारिएको छ । मंगलबार डिल्लीबजार कारागारको बैठकले बुधबार मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सम्भावना क्षीण बनेको छ ।

२७ पुसमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले २६ गते सम्म विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । सुदूर पश्चिममा नागरिक उन्मुक्तिले विश्वासको मत नदिए सरकारले बहुमत गुमाउने छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ६ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो