२७ चैत्र २०८१, बिहिबार । April 11, 2025

ठगी गर्ने मेनपावरको कारबाही रोक्न नेता दबाब



काठमाडौं । ठगीको उजुरी परेका कतिपय मेनपावरले कारबाहीबाट उन्मुक्ति पाउन उच्च तहका राजनीतिक नेता गुहार्ने गरेका कारण सयौं पीडित न्यायबाट वञ्चित भएका छन् ।

करोडौं रुपैयाँ ठगीको उजुरी परेका मेनपावरलाई वैदेशिक रोजगार विभागले पटक पटक उपस्थित हुन पत्राचार गरे पनि अटेरी गर्ने गरेका छन्। हाले विभागले सूचना नै जारी गरेर उजुरी फस्यौट गर्न निर्देशन दिएको छ । पार्टीका उच्च तहका नेतासँग पहुँच भएका मेनपावरले कानुनमा तोकिएअनुसार विभागमा उपस्थित हुन आनाकानी गरिरहेको विभागको भनाइ छ।

विगत ३ महिनामा विभागमा ७८८ वटा उजुरी विभिन्न मेनपावरविरुद्ध परेको भए पनि लिखित जवाफसहित विभागमा उपस्थित नहुने मेनपावरको संख्या धेरै रहेको छ। यसैगरी कतिपय मेनपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भए पनि प्रहरीले उपस्थित गराउन सकेको छैन ।

विभागमा डीएसपीको नेतृत्वमा प्रहरी युनिट खडा गरे पनि उनीहरुको क्षेत्राअधिकारमा सोझै पक्राउ गर्ने अधिकार छैन। मेनपारलाई कारबाही नगर्न प्रायः सबै पार्टीका उच्च नेताले कर्मचारीलाई दबाब दिने गरेको एक कर्मचारीले बताए। यो समाचार कारोबार दैनिकमा छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आफ्नै सुरक्षाको लागि आत्मसमर्पण: प्रसाईँ सचिवालय

काठमाडौं । सामाजिक तथा राजनीतिक क्षेत्रका चर्चित व्यक्तित्व दुर्गा प्रसाईले

एलओडी क्लब विश्वकै ४४ औं स्थानमा उक्ल्यो

काठमाडौं । ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्‍वकै

‘एडुक्लेभ ३.०’: नेपालको शिक्षा क्षेत्रको सम्भावना र चुनौतीमाथि गहिरो मन्थन

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको

चाइना साउदर्नले काठमाडौं–ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सुरु

काठमाडौं । चाइना साउदर्न एयरलाइन्सले नेपाल–चीन हवाई सेवा विस्तार गर्ने

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालले दिएको राजीनामा