२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

साहित्यकार सुवेदी र गार्गी सम्मानित


२० माघ २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । कपन साहित्य समाजले एक विशेष समारोहकाबीच ‘कसास यात्री स्मृति सम्मान–२०७७’ वरिष्ठ साहित्यकार प्रा डा अभि सुवेदीलाई र ‘कसास यात्री स्मृति सम्मान–२०७८’ वरिष्ठ साहित्यकार प्रा डा गार्गी शर्मालाई प्रदान गरेको छ।

कपन दर्पणको कविता विशेषाङ्क विमोचनसहितको कार्यक्रममा स्रष्टाद्वयलाइ सम्मान गरेको हो । कपन साहित्य समाजका परिकल्पनाकार एवं संस्थापक संरक्षक साहित्यकार अन्वेषक स्व. पूर्णप्रकाश नेपाल यात्रीको स्मृतिमा स्थापित ‘कसास यात्री स्मृति सम्मान प्रदान गर्दै आएको छ । यही क्रममा वि। सं २०७५ मा प्रा. दयाराम श्रेष्ठु सम्भव र २०७६ मा संस्कृतिविद् तेजेश्वर बाबु ग्वङ्गलाई प्रदान गरिएको थियो।

सम्मान कार्यक्रममा कपन साहित्य समाजद्वारा प्रकाशित कपन दर्पण (कविता विशेषाङ्क) २०७९ को लोकार्पण गरिएको थियो। १११ राष्ट्रिय तथा नवोदित कवि कवयित्रीहरुको रचना समेटिएको उक्त अङ्कको कभर पृष्ठमा करिब ५० बर्ष पहिलेको कपनको तस्विर समेटिएको छ भने डा. रामप्रसाद ज्ञवालीको कविताका आधारभूत मानक तथा कविता मूल्याङ्कनका प्रमुखक आधार शीर्षकको अग्रलेख रहेको छ। समाजका अध्यक्ष गणेशकुमार मिश्रको सभापतित्वमा आयोजित समारोहमा समाजका संरक्षक तथा बु न पा प्रमुख मिठाराम अधिकारी, प्रा हेमनाथ पोडेल, प्रा जगत प्रेक्षित, भारद्वाज मित्र लगायत कवि कवयित्री उपस्थित कार्यक्रममा सम्मानित श्रष्टा प्रा डा अभि सुवेदी, प्रा डा गार्गी शर्मा, प्रा डा शैलेन्दु प्रकाश नेपाल, नगर प्रमुख मीठाराम अधिकारी, अध्यक्ष गणेशकुमार मिश्रले सम्वोधन गरेका थिए ।

उपाध्यक्ष डा. विष्णु केसीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मण अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ