२५ चैत्र २०८१, मंगलबार । April 9, 2025

९ किलो अवैध सुनसहित एक विदेशी नागरिक पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम अवैध सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन् ।

गएराति दुबईबाट काठमाडौं ओर्लिएका मोहम्मद कमाल माहगौबलाई भन्सार क्षेत्रको एकसरे चेकजाँचको क्रममा पक्राउ परेका थिए । उनले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन करिब ९ किलो १३५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

केएमसी अस्पताल सिनामंगलमा उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार एएम २६६५४८ नम्बरको पासपोर्ट बोकेका उनी फ्लाई दुबईको एफ जेड–२५७३ मार्फत गएराति पौने १२ बजे काठमाडौं ओर्लिएका थिए ।

उनलाई १२ बजेर १० मिनेटमा भन्सार टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ९ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

काठमाडौं । आजको सेयर बजार सामान्य अंकले बढेर बन्द भएको

बेकोको ‘अनबक्स् ह्याप्पिनेस’ अफर: नयाँ वर्षमा आकर्षक उपहार र छुटहरू

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा, अन्तर्राष्ट्रिय होम एप्लायन्स

वाइ वाइको नयाँ ‘हट एण्ड स्पाइसी’ नुडल्स: पिरो स्वादको नयाँ क्रान्ति

काठमाडौं । नेपालका प्रमुख चाउचाउ ब्रान्ड वाइ वाइले नेपाली बजारमा

मंगलबार सुनको मूल्यमा सामान्य गिरावट, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको

नेपालको राजधानी, प्रदूषणको राजधानी !

काठमाडौं । राजधानी काठमाडौं पुनः एकपटक विश्वका सबैभन्दा प्रदूषित शहरहरूको