२८ चैत्र २०८१, शुक्रबार । April 11, 2025

झ्वाँकमा उम्मेदवारी, प्रतिशोधमा समर्थन



काठमाडौं । एमालेमा छँदाछँदै प्रभु साहले स्वतन्त्र रूपमा मनोनयनपत्र दर्ता गरे।

स्वतन्त्र रोजेकोमा ‘खुसी’ प्रकट गर्दै सत्ता गठबन्धनले साहको उम्मेदवारीलाई समर्थन जनायो। विगतमा माओवादी नफर्केर एमालेमा बसेका साह स्थायी समिति सदस्य थिए । जसपासँग तालमेल गर्ने पार्टी निर्णयमा असहमति जनाउँदै ‘एकाएक’ एमाले त्याग्ने निर्णय लिएका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटक चितवन ३ मा उम्मेदवार बनेनन्।

गोरखा पुगे। दाहाल लड्दै आएको चितवन क्षेत्र नम्बर ३ मा एमालेले पनि फरक निर्णय गर्‍यो। आफ्नो पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको टिकट फिर्ता लिएर कांग्रेसका बागी उम्मेदवारलाई समर्थन जनायो। उक्त क्षेत्रमा कांग्रेसका बागी दिनेश कोइराला एमालेको समर्थनमा चुनाव लड्दै छन्।

त्यस क्षेत्रमा माओवादी केन्द्रबाट डा. भोजराज अधिकारी सत्ता गठबन्धनका उम्मेदवार बनेका छन । यो खबर आजको अन्नपूर्ण दैनिकमा रहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं

काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला १ लाख ८५ हजार

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ऐतिहासिक उचाइमा

सुनको मूल्यमा ऐतिहासिक उछाल, चाँदीले पनि तोड्यो पुरानो रेकर्ड

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउले नयाँ रेकर्ड बनाएको

नेपाल प्रहरीको नियन्त्रणमा दुर्गा प्रसाईं, भद्रपुरबाट काठमाडौं ल्याउने तयारी

काठमाडौँ । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट आधिकारिक