२२ माघ २०८२, बुधबार । February 4, 2026

डाँडाले रोक्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान



काठमाडौं । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान तोकिएको समयमा नहुने भएको छ।

तिहारअघि रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्ने र तिहारलगत्तै परीक्षण उडान गरी आगामी पुस १७ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी थियो तर प्रस्ताव मूल्याङ्कनको काममा ढिलाइ हुँदा परीक्षण उडान लम्बिने देखिएको हो। पूर्व–पश्चिम दिशामा रहेको दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ सय मिटर चौडाइ रहेको धावनमार्गको सामुन्नेमा सो डाँडा पर्छ।

विमानस्थल सञ्चालनअघि विमानस्थलको पूर्वी सिमानाबाट १.३५ किलोमिटरको दूरीमा रहेको रिट्ठेपानी डाँडाको ४० मिटर काट्नुपर्ने हुन्छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हवाई सुरक्षाका लागि विमानस्थल छेउको सो डाँडा कटान गर्नैपर्ने हुन्छ । प्राविधिक अध्ययनले पनि सोही निष्कर्ष निकालेको थियो। उनले भने, “डाँडापछाडिको ४० मिटर र अगाडिको १२ मिटर काट्नुपर्ने भए पनि १४ मिटर डाँडा काट्नेबित्तिकै परीक्षण उडान सुरु हुनेछ।” डाँडा काट्नका लागि कम्पनी छनोटको प्रक्रिया टुङ्गिएको छैन ।

रिट्ठेपानी डाँडापछाडिको ४० मिटर र अगाडिको १२ मिटर काट्नुपर्ने भए पनि १४ मिटर डाँडा काट्नेबित्तिकै परीक्षण उडान गर्न सकिन्छ तर डाँडा काट्नका लागि कम्पनी छनोटको प्रक्रिया टुङ्गिएको छैन । विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले चाइना सीएएमसी इन्जिनियरिङले विमानस्थलको ९८.५ प्रतिशत भौतिक काम सकिसकेको र अब परीक्षण उडानलगायतका स–साना काम मात्रै बाँकी रहेको बताए। विमानस्थलको वित्तीय प्रगति ७९ प्रतिशत पूरा भइसकेको छ।

विमानस्थल सञ्चालनमा ल्याउन विमानस्थलको छेवैमा रहेको ल्यान्डफिल साइटले हवाई सुरक्षामा जोखिम भने कायमै देखिन्छ। नयाँ विमानस्थल सञ्चालनमा आएपछि आन्तरिक उडानसमेत यही विमानस्थलबाट हुनेछ। हवाई सुरक्षा मापदण्डमा विमानस्थलको १२ देखि १४ किलोमिटर क्षेत्र नजिक ल्यान्डफिल साइट र तीन किलोमिटरभित्र पशु वधशाला हुन नहुने व्यवस्था भए पनि पोखरा महानगरपालिकाले उक्त क्षेत्र सार्न खासै तदारुकता देखाएको छैन। यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ६ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल