३ आश्विन २०८३, शनिबार । September 19, 2026

सरस्वतीको मूर्तिमा सीप निखार्दै कुम्हाल


१० माघ २०७९, मंगलबार  

6
Shares

महोत्तरी । मधेस प्रदेशको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले वसन्त उत्सवको उल्लास छ ।

श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी पर्वका लागि समाजमा सबै आ–आफ्नो क्षेत्रका काम हेर्दैछन् । यस पर्वमा मिथिलाका कुम्हाल जाति समुदाय अहिले सरस्वतीको मूर्तिमा आफ्नो सीप खन्याउन तल्लीन छन् । अझभन्दा मूर्तिको निखारमा कुम्हाल जुटेका छन् ।

सरस्वती पूजनोत्सवको दिन नजिकिँदै गर्दा कुम्हाललाई अहिले माटो मुछेर बनाइने देवी सरस्वतीका मूर्ति तयार गर्ने चटारो छ । वसन्तपञ्चमी र श्रीपञ्चमीसमेत भनिने माघ शुक्ल पञ्चमीका दिन उल्लासका साथ सरस्वती पूजनोत्सव मनाइने मैथिल परम्परा छ । सरस्वती पूजनोत्सवका लागि माटो मुछेर बनाइएका मूर्तिको माग हुने भएपछि अहिले कुम्हाललाई मूर्तिमा अन्तिम चरणको रङ भर्ने कामले छोपेको छ । कतिपय अझै मूर्तिमा बिभिन्न अङ्गको बनोटबारे अन्तिम छाँटकाँट पनि गर्दैछन् ।

मुख्यतः अहिले अब मूर्तिमा रङ भर्ने काम देखिँदो छ । “अब दिन कति बाँकी रहे र रु आउने बिहीबार त पर्व नै हो, मूर्ति त एक दिन पहिले नै तयार भइसक्नुपर्छ”, मूर्तिमा कुचीले विभिन्न रङ भर्न व्यस्त महोत्तरी भङ्गाहा नगरपालिका–५ भूचक्रपुरका सीताराम पण्डित कुम्हालले भने, “दुई–चार मूर्तिमात्रै बिके पनि अलिकति रकमको जोहो हुन्थ्यो, दिन घर्केपछि फेरि मूर्ति खोज्न त कोही आउँदैनन्, त्यसैले मूर्तिको काम चाँडै सक्नुपरेको छ ।” यसपालि यही माघ १२ गते अर्थात् आउने बिहीबार श्रीपञ्चमी पर्व परेको छ ।

माटो मुछेर भाँडा, मूर्ति बनाउने पेसाका कुम्हाल अब पर्वविशेषमै आफ्नो पुख्र्यौली व्यवसाय सीमित भएको बताउँछन् । अहिले सरस्वती पूजनोत्सव नजिकिँदै गर्दा मूर्ति बनाउन लागिपरिएको सीतारामको भनाइ छ । मिथिलामा श्रीपञ्चमी पर्वमा विद्यालयमात्र नभई घरमै पनि सरस्वती पूजा गर्ने परम्पराले यो बेला सरस्वतीका मूर्तिको माग बढ्ने गरेको छ ।

“अब पहिलेजस्तो घरायसी प्रयोजनमा माटाका भाँडा प्रयोग हुन छाड्यो, त्यसैले हाम्रो सीप चाडवाड विशेषमा सीमित भएको छ”, सीतारामले भने । सरस्वती पूजनोत्सवमा एक महिना पहिलेदेखि नै कुम्हालको व्यस्तता बढ्छ । मूर्तिका लागि माटो छान्ने, ओसार्ने, मुछ्ने, पराल र खरलाई मूर्ति आकार बनाएर माटो भर्ने र अन्त्यमा सरस्वतीको मूर्ति आकर्षक बनाउन विभिन्न रङ भरेर तयार गर्ने यसक्रमका काम हुन्छन् ।

सामान्यतः पूजनोत्सवमा सरस्वतीसँगै गणेशजीको मूर्तिको पनि माग हुन्छ । हिन्दू परम्परामा सबै शुभकार्यमा गणेशजीको अग्रपूजाको परम्पराले सरस्वती पूजनोत्सवमा पनि गणेशजीका मूर्तिको माग हुने गरेको महोत्तरीकै लोहारपट्टी नगरपालिका–४ पिपराढीका महेश्वर पण्डितले बताए । बितेका दुई–तीन वर्ष पर्वकै मुखमा कोरोना सङ्क्रमण सन्त्रासले पूजनोत्सव समारोह राम्ररी आयोजन हुन नसक्दा कारोबार नभएको कुम्हाल सम्झन्छन् ।

यसपालि भने सरस्वती पूजनोत्सवका लागि ठाउँ–ठाउँबाट मूर्तिको माग भएको हुँदा अलि धमाधम परेको कुम्हालहरूको भनाइ छ । मूर्ति र माटाका भाँडा बनाउने काम पुख्र्यौली पेसासँग जोडिएको हुँदा त्यो परिचय थाम्न पनि अझै माटोसँग खेल्दै गरेको मनराशिशवा नगरपालिकाको सहसरामका ६० वर्षीय रामविलास पण्डितले बताए । आफ्ना पछिल्ला पुस्ताले त जीवन गुजारा नचल्ने भएपछि पुख्र्यौली पेसा छाड्दैगएका लोहारपट्टी–४ पिपराढीकै राजकिशोर पण्डितको भनाइ छ ।

“हेर्नोस्, हाम्रो बस्तीमा ४० घरजति कुम्हाल हौँला, अब अहिले हेर्दा ३० वर्षमुनिका कोही माटाका मूर्ति र भाँडा बनाउने काममा छैनन्”, ६५ वर्षीय राजकिशोरले भने, “जीवन गुजारा नचल्ने भएपछि नयाँ पुस्ता अन्य व्यवसायमा लागेका छन्, हाम्रो शेषपछि यो काम पनि कसैले थेग्लान् भन्ने लाग्दैन ।” जिल्लामा अल्पसङ्ख्यक नै देखिने कुम्हाल जातिका पाका व्यक्ति अब एक–दुई पुस्तापछि नै चाडपर्वमा चाहिने माटाका भाँडा पनि बाहिरबाट ल्याउनुपर्ने अवस्था आउने बताउँछन् ।

पछिल्लो पुस्तालाई यो पेसाले जीवन धान्छ भन्ने नलागेपछि अब यो पेसा हराउँदै गएको पाका कुम्हाल बताउँछन् । जिल्लामा अल्पसङ्ख्यक रहेको यो समुदायको जनसङ्ख्या अझै पाँच हजारको हाराहारीमा छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ९ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ