२८ चैत्र २०८१, शुक्रबार । April 11, 2025

बझाङ दुर्घटना अपडेट

७ जनाको मृत्यु, ६ जना घाईते



बझाङ । बझाङमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ जना पुगेको छ ।

यस्तै दुर्घटनामा ६ जना घाइते भएका छन् । बुधबार साढे ४ बजे मष्टा गाउँपालिका १ डुग्रीबाट भातेखोला जाने क्रममा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटना भई सडक भन्दा झण्डै ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा मृत्यु भएकामध्ये ४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जीपमा सवार अन्य यात्रुहरूको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । सनाखत भएका मृतकहरुमा मष्टा २ की १३ बर्षिया सम्झना खड्का, १५ बर्षिय रोशन खड्का, १६ बर्षिय प्रचण्ड खड्का र २८ बर्षिया बसन्ती धामी रहेका छन् । बाँकी ३ जनाको सनाखत हुन भने बाँकी रहेको छ ।

दुर्घटनामा घाइतेहरुको उद्दार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासहित स्थानीय घटनास्थलमा खटिएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ६ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं

काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला १ लाख ८५ हजार

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ऐतिहासिक उचाइमा

सुनको मूल्यमा ऐतिहासिक उछाल, चाँदीले पनि तोड्यो पुरानो रेकर्ड

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउले नयाँ रेकर्ड बनाएको

नेपाल प्रहरीको नियन्त्रणमा दुर्गा प्रसाईं, भद्रपुरबाट काठमाडौं ल्याउने तयारी

काठमाडौँ । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट आधिकारिक