२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

महिला राष्ट्रिय टी-२० क्रिकेटको उपाधि सुदूरपश्चिमलाई



सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित जनता माविको खेलमैदानमा शनिबार सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।

फाइनल खेलमा घरेलु टोली प्रदेश नं १ लाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो । प्रदेश नं १ ले दिएको एक सय दुई रनको लक्ष्य पाएको सुदूरपश्चिमले एक बल बाँकी छँदा लक्ष्य पूरा गरेको थियो । सुदूरपश्चिमको जितका लागि अन्तिम ओभरमा आठ रन आवश्यक आवश्यक थियो ।

जसमा ओभरको दोस्रो बलमा कविता कुँवरले छक्का प्रहार गरी टीमलाई विजयी बनाइन् । खेलको सुरुआतमा राम्रो प्रदर्शन गर्न नसकेको सुदूरपश्चिमको खेल मध्यक्रमका ब्याटर सम्झना खड्का र डली भट्टले सम्हालेका थिए । सम्झनाले ३३ बलमा दुई चौका सहित अविजित २७ रन बनाउँदा डलीले १६ बलमा एक चौका र दुई छक्का सहित २२ रनको योगदान दिएकी थिइन् ।

कविता १९ रनमा अविजित भइन् । बलिङतर्फ सवनम राई, हिरनमई रोय, रुविना क्षेत्री र सङ्गीता राईले १–१ विकेट लिएका थिए । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नं १ ले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो । प्रदेश नं १ का लागि ओपनर काजल श्रेष्ठ र कप्तान रुविनाले ३६ रनको सुरुआती साझेदारी गरेका थिए ।

रुविना १४ रन बनाएर आउट भएपछि अप्सरी बेगम र जलले दोस्रो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । अप्सरी १५ रन बनाएर आउट भएकी थिइन् । विजयी भएको सुदूरपश्चिमले नगद रु पाँच लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बनेको प्रदेश नं १ ले रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ७ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको