२७ चैत्र २०८१, बिहिबार । April 11, 2025

टेबलटेनिसमा पुलिस क्लब बन्यो च्याम्पियन



काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सम्पन्न टेबलटेनिसमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ ।

बुधबार सम्पन्न प्रतियोगितामा पुलिस क्लब ६ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो । पुलिसले दुई रजत र चार कास्य पदकसमेत जितेको छ । प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब एक स्वर्ण, चार रजत र एक कास्य पदकका साथ दोस्रो स्थान हासिल गर्न सफल भयो ।

यसैगरी एक रजत र दुई कास्य प्राप्त गर्दै बागमती प्रदेशले तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब दुई कास्यका साथ चौथो तथा गैर आवासी नेपाली संघ (एनआरएनए) र प्रदेश नं १ ले समान दुई कास्य प्राप्त गर्दै प्रतियोगितामा पाँचौँ भए ।

गण्डकी प्रदेशले एउटा कास्य पदक प्राप्त गर्दै प्रतियोगितामा छैटौँ भयो । प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी र मधेश प्रदेश टेबलटेनिसमा जितबिहीन बन्न पुगेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ५ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आफ्नै सुरक्षाको लागि आत्मसमर्पण: प्रसाईँ सचिवालय

काठमाडौं । सामाजिक तथा राजनीतिक क्षेत्रका चर्चित व्यक्तित्व दुर्गा प्रसाईले

एलओडी क्लब विश्वकै ४४ औं स्थानमा उक्ल्यो

काठमाडौं । ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्‍वकै

‘एडुक्लेभ ३.०’: नेपालको शिक्षा क्षेत्रको सम्भावना र चुनौतीमाथि गहिरो मन्थन

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको

चाइना साउदर्नले काठमाडौं–ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सुरु

काठमाडौं । चाइना साउदर्न एयरलाइन्सले नेपाल–चीन हवाई सेवा विस्तार गर्ने

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालले दिएको राजीनामा