१८ चैत्र २०८१, मंगलबार । April 1, 2025

टिकटक लाइभमा जुवा खेलाउने एक जना पक्राउ



काठमाडौं । टिकटकमार्फत अनलाइन जुवा खेलाउने एक जना पक्राउ परेका छन् ।

रुकुम पूर्वको पुथा गाउँपालिका-५ घर भई ललितपुर हरिसिद्धि बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नो ई-सेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई टिकटक लाइभमार्फत् जुवा खेलाएको सूचनाका आधारमा काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । मल्लले ‘क्विक क्यास’ नामक टिकटक आइडीहरू खोली दुईवटा इ-सेवा वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई १५ दिनको अवधिमा ८ लाख ५३ हजार ३३१ बराबरको रकम टिकटक लाइभ जुवामार्फत् कारोबार गरेको खुलेको छ ।

उनको साथबाट जुवातास खेलाउन प्रयोग भएको स्मार्टफोन एक थान, तास खेल्ने व्यक्तिहरूको नाम र रकम उल्लेख भएको रजिस्टर एक थान र जुवा खेलाउन प्रयोग भएका तास तीन बुक प्रहरीले बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रहरीको खोजीमा रहेका दुर्गा प्रसाईँ : “नेपालमै छु, भावी रणनीति बनाउँदैछु”

काठमाडौँ । प्रहरीको खोजीमा रहेका दुर्गा प्रसाईँले आफू नेपालमै रहेको

हवाई इन्धनसँगै डिजेल र मट्टितेलको मूल्य पनि घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर

नेपाल सुपर लिग २०२५ : एफसी चितवनको शानदार सुरुवात

काठमाडौं । एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) २०२५ मा

त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन: नेविसंघका जोशी विजयी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)

हिमालय एयरलाइन्सद्वारा पोखरा–ल्हासा नियमित अन्तर्राष्ट्रिय उडान सुरू

काठमाडौं । हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक नियमित